You are viewing the translated version of कार्यसम्पादन मूल्याङ्कन तथा विभागीय सजाय.
Section 17
कार्यसम्पादन मूल्याङ्कन तथा विभागीय सजाय
(१) यस ऐन बमोजिम प्रदेश प्रहरीमा खटाइएका प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्दा दिइने अङ्कमा सङ्घीय कानून बमोजिम प्रदेशको सम्बन्धित अधिकारीको समेत संलग्नता रहनेछ।
(२) यस ऐन बमोजिम प्रदेश प्रहरीमा खटाइएको प्रहरी कर्मचारीले सेवा शर्त सम्बन्धी कानून उल्लङ्घन गरेमा सङ्घीय कानूनले तोकेको विभागीय सजाय प्रदेशको सम्बन्धित अधिकारीले दिन सक्नेछ।
(३) यस दफा बमोजिम प्रदेश प्रहरी प्रमुखको कार्यसम्पादन मूल्याङ्कन गर्ने तथा निजलाई विभागीय सजाय गर्ने सम्बन्धमा प्रदेश मन्त्रालयको सचिवलाई एक तहमाथिको अधिकारी मानिनेछ।